फ्रान्समा बस्ने मनकारी उप्रेती- विद्यार्थीलाई दिए पेरिसमा घरभाडा छुट « Khabarhub

फ्रान्समा बस्ने मनकारी उप्रेती- विद्यार्थीलाई दिए पेरिसमा घरभाडा छुट


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

फ्रान्स- चितवनको पर्सा घर भइ एक दशक भन्दा बढी समयदेखि फ्रान्समा बस्दै आएका प्रशान्त उप्रेतीले कोरोनाभाइरसपछिको लकडाउनका कारण समस्यामा परेका नेपाली विद्यार्थीलाई सहायता गरेका छन् ।

विद्यार्थी भिसामा फ्रान्स पुगेका उप्रेतीले पेरिस सहर नजिक रहेको अपार्टमेन्टमा रहेका नेपाली विद्यार्थीलाई पर्न सक्ने स‌ंकटलाई मध्यनजर गर्दै भाडा छुटको घोषणा गरेका छन् । उनले कोरोना महामारी नसकुञ्जेल र रोजगारीमा नफर्कुन्जेलका लागि भाडा छुटको घोषणा गरेका हुन् ।

फ्रान्समा विद्यार्थीका लागि गरिएको भाडा छुटको यो पहिलो घटना हो । आफूले सुरु गरेको भाडा छुट अभियानमा फ्रान्सबासी अन्य अग्रजहरुले सिको गर्ने कुरामा आफू विश्वस्त रहेको उनले बताए ।

नेपाली रक्तदाता संघ फ्रान्स का संरक्षक, गैर अवशीय नेपाली संघ फ्रान्सका सल्लाहकारसमेत रहेका सामाजिक व्यक्तित्व उप्रेतिले ४० पटक भन्दा बढी रक्तदा गरिसकेका छन् भने उनले मुटुरोगीहरुलाई पटकपटक सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  २ : ०७ बजे

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला