मन्त्रिपरिषद बैठकपछि पूर्वमाओवादी मन्त्रीहरु प्रचण्ड निवास खुमलटारमा « Khabarhub

मन्त्रिपरिषद बैठकपछि पूर्वमाओवादी मन्त्रीहरु प्रचण्ड निवास खुमलटारमा


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबारको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन गर्ने व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेपछि सत्तारुढ नेकपाभित्र राजनीतिक ध्रुविकरण बढेको छ ।

सोमबार मन्त्रिपरिषद बैठक सकिएलगत्तै पूर्व माओवादीका मन्त्रीहरुको अलग्गै बैठक बसेको छ । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पूर्व माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरुको बैठक बसेको थियो ।

बैठकपछि अहिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षामान पुनसहित पूर्व माओवादीबाट सरकारमा सहभागी केही मन्त्रीहरु नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा पुगेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा राजनीतिक दल विभाजन गर्ने व्यवस्था खुकुलो बनाउन अध्यादेश ल्याउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले पार्टी विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत संख्या पुर्‍याए पुग्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको हो ।

हाल राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ४ : १८ बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती