यूएनएफपीएले नेपाललाई दियो १२०० थान पीपीई « Khabarhub

यूएनएफपीएले नेपाललाई दियो १२०० थान पीपीई


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको  प्रयासमा सहयोग पुर्‍याउने प्रतिवद्धता अनुरुप १ हजार २०० वटा व्यक्तिगत सुरक्षा कवच (पीपीई) हस्तान्तरण गरेको छ ।

नेपाल, चीन र यूएनएफपीए बीच दक्षिण–दक्षिण साझेदारी पहल अन्तर्गत चीन सरकारबाट उपलब्ध ती किट सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्रदान गरिएको हो । तीन करोड ४ लाख ८० हजार मूल्य बराबरको ती स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क, एन– १९ मास्क, फेस सिल्ड,आइगगल्स्,हेड एण्ड शुकभर्स,लङ्ग स्लिभ् इम्पर्भियस गाउन्स, डिस्पोजेबल ब्याग्स एण्ड गम्बुट्स रहेका यूएनएफपिएद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यूएनएफपीएले सरकार र साझेदारहरूलाई जीवन बचाउन अत्यावश्यक प्रजनन स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न आव्हान गरिरहेको छ । पीपीईका अतिरिक्त यूएनएफपीएले सरकार र स्थानीय साझेदारहरूसँगको समन्वयमा कोभिड–१९ को महामारीको दौरान क्वारेन्टाइनका महिला र किशोरीहरूको तत्काल सरसफाइ र संरक्षण आवश्यकताहरू सम्बन्धी मर्यादा किट ( डिग्निटी किट्स) सरकार र स्थानीय सङ्घ सस्थाको समन्वयमा यूएनएफपीएले प्रदान गरिरहेको विज्ञप्तिमा जनाइएको छ ।

ती सामग्रीमा १४ किसिमका फरक फरक सामानहरु जस्तै साबुन, पुनः प्रयोग योग्य मासिक प्याड, र महिला तथा किशोरीहरुका लागि आवश्यक अन्य सामाग्रीहरु समावेश रहेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ४ : ५४ बजे

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार