काठमाडौं महानगरका ८०८ जनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ « Khabarhub

काठमाडौं महानगरका ८०८ जनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले विदेशबाट फर्किएर महानगरपालिका क्षेत्रभित्र वसोवास गर्दै आएकाहरुको र्‍यापिड डाइनोस्टिक टेस्टलाई तीव्रता दिएको छ ।

महानगरले  हालसम्म ८०८ जनाको कोरोना परीक्षण गरेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ । महानगरका ३२ वडामध्ये २५ वटा वडाका ८ सय ८ जनाको र्‍यापिड टेस्ट गरेको जानकारी दिएको छ ।

काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बिलास बज्राचार्यका अनुसार आज मात्रै ६, ७, ८ र ९ का १ सय ६८ जनाको टेष्ट गरिएको हो । ती सबैको रिपोर्ट नेगेटिभ नै आएको छ ।

अब १,२ ३, ११, २८, २९ र ३० वडाको र्‍यापिड टेस्ट गर्न बाँकी रहेको महानगरले जनाएको छ । र्‍यापिड टेस्ट शुरु गरेको दोस्रो दिन वडा–४ मा ५१ र तेस्रो दिन अर्थात बैशाख ५ गते ९, १०, १५, ३१ र ३२ वडाका ३ सय ८६ जनाको टेष्ट गरेको काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए ।

चौथौ दिन भित्री शहरमा १८, १९, २०, २१, २२, २३, २४, २५, २६ र २७ गरी १० वटा वडाका ७८ जनाको टेष्ट गरिएको थियो । उनीहरु पनि सबैको रिपोर्ट नेगेटिभ नै आएको थियो । आइतबार वडा–१२, १३, १४, १५, १६, १७ र २६ गरी १ सय ७६ जनाको टेष्ट गरिएको थियो । उनीहरुको पनि सबैको रिपोर्ट नेगेटिभ नै आएको थियो ।

काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले २०७६ फागुन १८ पछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका, कोरोना लक्षणको शंका लागेकालगायतका व्यक्तिहरु कोरोना परीक्षण गरिएको जानकारी दिए ।

उनले विदेशबाट फर्किएकाहरुको तथ्यांक संकलनको कामलाई पनि तिव्रता दिइरहेको जानकारी दिए । काठमाडौं महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले २०७६ फागुन १८ पछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका ३ सय २१ जनाको विवरण संकलन गरेको जानकारी दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ६ : १९ बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती