सल्यानमा ६७४ जनाको र्‍यापिड टेष्ट, एक जनाको रिपोर्टमा कोरोना पोजेटिभ | Khabarhub Khabarhub

सल्यानमा ६७४ जनाको र्‍यापिड टेष्ट, एक जनाको रिपोर्टमा कोरोना पोजेटिभ


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान – सल्यानमा र्‍यापिड टाइग्नोष्टिक विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा एक जनामा पोजेटिभ देखिएको छ ।

आरडिटी बिधिबाट सोमबार श्रीनगरमा परीक्षण गरिदा एक युवाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख अर्जुन बुढाले जानकारी दिए ।

आरडीटी रिपोर्ट पोजेटिभ देखिएका युवाको मंगलबार स्वाव संकलन गरेर कर्णालीस्थित सुर्खेतको प्रयोगशालामा पठाइने बुढाले बताए ।

शारदा नगरपालिका १ चैबाङजिउलाका ती युवा गत चैत ५ गते युएईबाट नेपाल आएका थिए । उनलाई अहिले जिल्ला अस्पताल सल्यानको आइसुलेसनमा राखिएको छ ।

उनको परिवारलाई पनि अस्पतालमा ल्याएर र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्न लागेको प्रमुख बुढाले बताए ।सल्यानमा अहिलेसम्म र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरिएका अरु ६ सय ७३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ८ : १९ बजे

दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय 

काठमाडौं– सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति र उपराष्ट्रपति भेट्ने, यी हुन् भ्रमण टोलीका सदस्य  

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन जाने भएका छन्

सामाजिक सञ्जाल दर्ताका लागि सात दिनको अन्तिम म्याद

काठमाडौं– सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिक रूपमा

अमेरिकी कार्यस्थलमा युवा कामदारहरू एआई प्रतिस्थापनको जोखिममा

एजेन्सी– कृत्रिम बुद्धिमत्ता (एआई) ले अमेरिकामा २२ देखि २५ वर्ष उमेर