कांग्रेसले बोलायो पदाधिकारी बैठक « Khabarhub

कांग्रेसले बोलायो पदाधिकारी बैठक


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

सरकारले संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश ल्याएको र राष्ट्रपतिले समेत जारी गरिसकेको सन्दर्भमा आवश्यक निर्णय लिनका लागि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।

बैठक मंगलबार विहान ९ बजेका लागि बोलाइएको छ ।

कोरोना महामारीको बेलामा सरकारले बेमौसमी बाजा बजाएको र सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको कांग्रेले जनाएको छ ।

सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै अलोकतान्त्रिक एवं संविधानको मर्मविपरीतका विधेयक तत्काल फिर्ता लिन माग गरेका हुन् ।

सभापति देउवाले कोरोना महामारीको यो घडीमा सत्ताको उन्माद प्रस्तुत गर्नु नेपाली इतिहासकै सबैभन्दा दुखद् घटना भएको उल्लेख गरेका छन् ।

कोरोना संक्रमणको बेला सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनुको साटो सरकारले सत्ताको खेल खेलको कांग्रेसको आरोप छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ८ : ५६ बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती