बेलायतमा कोरोना भाइरसले ४० हजारभन्दा बढीको मृत्यु « Khabarhub

बेलायतमा कोरोना भाइरसले ४० हजारभन्दा बढीको मृत्यु


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बेलायतका खासगरी इङ्ल्याण्ड र वेल्समा मात्रै करिब १० हजार जनाको स्याहार केन्द्रहरूमा मृत्यु भएको छ ।

बेलायतमा यही मे ८ गतेसम्ममा ४० हजार ९०२ व्यक्तिको मृत्यु भएको र यो सङ्ख्यामा पछिल्ला आठ दिनको मृतक सङ्ख्या गणना गर्दा थप केही हजार व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठन र वर्ल्डोमिटर्सले भने बेलायतमा मृत्यु हुनेको संख्या ३५ हजार हाराहारी रहेको जनाएका छन् । तर स्याहार केन्द्रमा भएको मृत्युलाई गणना गर्दा यो संख्या त्योभन्दा निकै माथि रहेको बताइएको छ ।

वर्ल्डोमिटर्सका अनुसार बेलायतमा अहिलेसम्म २ लाख ४८ हजार ८१८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ५ : ५९ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र