निष्पक्षतामा आशंका गरिएपछि स्वतन्त्र छानविन गर्न दिने डब्ल्युएचओको घोषणा « Khabarhub

निष्पक्षतामा आशंका गरिएपछि स्वतन्त्र छानविन गर्न दिने डब्ल्युएचओको घोषणा


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका लागि लिइएका नीतिहरूमा निष्पक्षताको प्रश्न उठेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले स्वतन्त्र छानविन गर्न दिने घोषणा गरेको छ ।

डब्ल्युएचओका सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघीय निकायद्वारा कोभिड–१९ बारे लिएको नीतिबारे स्वतन्त्र छानवीनका लागि मङ्गलबार सहमत भएका हुन् ।

राष्ट्रसंघीय निकाय डब्ल्युएचओले महामारीविरूद्ध अख्तियार गरेको बाटोप्रति अमेरिकाले निरन्तर आलोचना र आशंका गर्दै उसको निस्पक्षतामाथि नै प्रश्न उठाउदै आएपछि यसका लागि स्वतन्त्र छानवीन गर्ने सदस्य राष्ट्रहरूबीच सहमती भएको हो ।

डब्ल्युएचओको वार्षीक सम्मेलनमा भाग लिने देहहरूले पहिलो पटक पूर्णरूपमा भेला भई कोरोनाभाइरस (कोभिड–१९) बाट सिर्जित सङ्कटबारे अन्तर्राष्ट्रिय प्रतिक्रियाको ‘निष्पक्ष, स्वतन्त्र र बृहत् मूल्याङ्कन’ को आह्वानमा सहमति गर्दै एक प्रस्ताव पारित भएको हो ।

जसमा डब्ल्युएचओले कोभिड–१९ को विश्वव्यापी महामारी नियन्त्रणका लागि गरेका कामको छानवीन र उनीहरूको सीमासमेत रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरोज आध्यनोम गेब्रेयेसोसलाई संगठनमा महत्वपूर्ण परिवर्तन गर्न ३० दिनको अल्टिमेटमसहित पत्र पठाएको केही घण्टामै डब्ल्युएचओले यस्तो निर्णय गरेको हो ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ६ : १६ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित