निष्पक्षतामा आशंका गरिएपछि स्वतन्त्र छानविन गर्न दिने डब्ल्युएचओको घोषणा « Khabarhub

निष्पक्षतामा आशंका गरिएपछि स्वतन्त्र छानविन गर्न दिने डब्ल्युएचओको घोषणा


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका लागि लिइएका नीतिहरूमा निष्पक्षताको प्रश्न उठेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले स्वतन्त्र छानविन गर्न दिने घोषणा गरेको छ ।

डब्ल्युएचओका सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघीय निकायद्वारा कोभिड–१९ बारे लिएको नीतिबारे स्वतन्त्र छानवीनका लागि मङ्गलबार सहमत भएका हुन् ।

राष्ट्रसंघीय निकाय डब्ल्युएचओले महामारीविरूद्ध अख्तियार गरेको बाटोप्रति अमेरिकाले निरन्तर आलोचना र आशंका गर्दै उसको निस्पक्षतामाथि नै प्रश्न उठाउदै आएपछि यसका लागि स्वतन्त्र छानवीन गर्ने सदस्य राष्ट्रहरूबीच सहमती भएको हो ।

डब्ल्युएचओको वार्षीक सम्मेलनमा भाग लिने देहहरूले पहिलो पटक पूर्णरूपमा भेला भई कोरोनाभाइरस (कोभिड–१९) बाट सिर्जित सङ्कटबारे अन्तर्राष्ट्रिय प्रतिक्रियाको ‘निष्पक्ष, स्वतन्त्र र बृहत् मूल्याङ्कन’ को आह्वानमा सहमति गर्दै एक प्रस्ताव पारित भएको हो ।

जसमा डब्ल्युएचओले कोभिड–१९ को विश्वव्यापी महामारी नियन्त्रणका लागि गरेका कामको छानवीन र उनीहरूको सीमासमेत रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरोज आध्यनोम गेब्रेयेसोसलाई संगठनमा महत्वपूर्ण परिवर्तन गर्न ३० दिनको अल्टिमेटमसहित पत्र पठाएको केही घण्टामै डब्ल्युएचओले यस्तो निर्णय गरेको हो ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ६ : १६ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति