इंग्लिस प्रिमियर लिगका खेलाडीसहित ६ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

इंग्लिस प्रिमियर लिगका खेलाडीसहित ६ जनामा कोरोना भाइरसको संक्रमण


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिगमा आवद्ध क्लवका खेलाडी र पदाधकारीसहित ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार प्रिमियर लिगका १९ क्लबका खेलाडी तथा पदाधिकारी गरी ७४८ जनाको परीक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको छ।

वाट्फोर्डका एक खेलाडी र दुई कर्मचारी तथा बर्नलीका सहायक प्रशिक्षक इयान वोएनमा संक्रमण पुष्टि भएको छ ।

विवरण नखुलाइएका अरु दुई जना संक्रमित अर्को क्लबका ‍हुन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएका खेलाडी तथा पदाधिकारीहरुलाई आइसोलेशनमा राखिएको छ ।

कोरोना भाइरसको महामारीका कारण रोकिएका लिगका खेलहरु सुरु गर्ने तयारी भइरहँदा खेलाडी र पदाधिकारीमा संक्रमण पुष्टि भएको हो ।

मंगलबारदेखि अधिकतम पाँच जनासम्मको समूहमा प्रशिक्षण सुरु भइरहँदा खेलाडीमा संक्रमण देखिएपछि प्रतियोगिता अन्योलमा पर्ने आशंका हुन थालेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ६ : ३४ बजे

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार