भक्तपुरका कोरोना संक्रमित व्यक्ति काठमाडौं महानगरका गाडी चालक « Khabarhub

भक्तपुरका कोरोना संक्रमित व्यक्ति काठमाडौं महानगरका गाडी चालक


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुष्टि भएका भक्तपुर निवासी काठमाडौं महानगरको फोहोरमैला बोक्ने गाडी चालक भएको खुलेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सबिन प्रधानका अनुसार भक्तपुर नगरपालिका–५ भेलुखेलका ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

परिवारसँगै बस्दै आएका ती पुरुषलाई मंगलबार राति नै सशस्त्र प्रहरी अस्पताल बलम्बु पुर्‍याएको र परिवारको अन्य सदस्य निगरानीमा रहेको प्रहरीले जनाएको छ ।

महानगरले सफाइ मजदुरको कोरोना परीक्षण गराउने क्रममा ती पुरुषमा संक्रमण पुष्टि भएको हो ।

उनको घरसहित वरपरको क्षेत्रलाई मंगलबार रातिदेखि नै सिल गरिएको छ । उनको सम्पर्कमा रहेकाहरुको खोजी जारी राखिएको एसपी प्रधानले जानकारी दिए ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ८ : ५६ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको