अभ्यासमा फर्किए ह्युडोसन ओडी « Khabarhub

अभ्यासमा फर्किए ह्युडोसन ओडी


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चेल्सीका विङ्गल कलुम ह्युडोसन ओडी अभ्यासमा फर्किएका छन् । आइतबार प्रहरीले पक्राउ गरेका ओडी मंगलबार अभ्यासमा फर्किएका हुन् ।

इङ्ग्ल्यान्डका राष्ट्रिय टोलीका खेलाडी १९ वर्षीय ओडीमाथि एक महिलाले बलात्कार आरोप लगाएपछि उनलाई प्रहरीले हिरासतमा लिएको थियो ।

ओडीमाथि बलात्कार आरोप लगाउने युवती अहिले अस्पतालमा उपचाररत छिन् । तर, बेलमा ओडी भने हिरासत मुक्त भएका छन् । हिरासत मुक्त ओडीको कोरोना भाइरस जाँचमा नेगेटिभ आएपछि उनी अभ्यासमा फर्किएका हुन् ।

मार्चदेखि रोकिएको प्रिमियर लिगको पहिलो चरणमा खेलाडीहरुले सानो समुहमा अभ्यास गर्ने प्रोटोकल बनाएर गरिरहेका छन् ।

कोरोना भाइरसको जोखिमकै बीच अभ्यास सुरू भएको प्रिमियर लिगमा मंगलबार खेलाडीसहित ६ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको छ । जसमा प्रिमियर लिगमा १९ क्लबका ७४८ जनाको जाँच गरिएको थियो ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ९ : ४८ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका