त्रिपक्षीय वार्तामा नबस्ने चीनको संकेत | Khabarhub Khabarhub

त्रिपक्षीय वार्तामा नबस्ने चीनको संकेत


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले कालापानी र लिपुलेक विवादबारे त्रिपक्षीय वार्तामा नबस्ने संकेत गरेको छ ।

मंगलबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजिआनले नियमित प्रेस बिफ्रिङमा कालापानी नेपाल र भारतीबीचको सीमासम्बन्धी मुद्दा भएकाले एकतर्फी क्रियाकलाप रोकेर दुबै मुलुकले मित्रवत छलफलबाट समस्या समाधान गर्नु पर्ने सुझाव दिएको छ ।

भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेको भारतले नयाँ सडक उद्घाटन गरेको विषयमा नेपालको असन्तुष्टि कसैबाट प्रेरित भएको भन्‍ने अभिव्यक्तिको प्रतिक्रियामा लिजिआनले उक्त विषयमा खासै रूचि दिएनन् ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले ८ मेमा उक्त कालापानी क्षेत्र समेत समेटिएको सडकको उद्घाटन गरेपछि त्यसको चर्को बिरोध भइरहेका बेला चिनियाँ धारणा पनि बाहिरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले चिनियाँ सरकारी अधिकारीसंग कुरा गरिसकेको जानकारी दिइरहँदा चीनको धारणा सार्वजनिक भएको हो ।

विवाद समाधानमा त्रिदेशीय वार्ता आवश्यक रहेको आवाज उठिरहेका बेला चीनले भने दुई देशबिच कुटनितिक माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको हो ।

भारतले नेपाली भू-भागमा नै सकड बनाएपछि नेपाल सरकारले उक्त अतिक्रमित क्षेत्रसमेत समेटेर नयाँ नक्सा स्वीकृत गरिसकेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ९ : ४९ बजे

राष्ट्र बैङ्कले सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २६ खर्ब २३

ऊर्जामन्त्रीको महसुल उठाउने निर्णय सही भएको आयोगको ठहर

काठमाडौं – विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल

शरणार्थीको सुविधामा व्यापक कटौती गर्दै बेलायत

लण्डन – बेलायतले शरणार्थीको सुरक्षामा भारी कटौती गर्ने र शरण

आजदेखि एनपिएल : पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर