यी ३ कुरा छन् भने तपाईंका लागि धर्ती नै स्वर्ग | Khabarhub Khabarhub

यी ३ कुरा छन् भने तपाईंका लागि धर्ती नै स्वर्ग


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुख र खुशी सबैको चाहना हो । तर, कतिपय अवस्थामा सबै मानिसलाई यो कुरा सँधै प्राप्त हुन सक्दैन । के गर्दा सुख र खुशी मिल्छ त ?

नीति शास्त्रका महान ज्ञाता चाणक्यको नीति सबैले मन पराउँछन् । चाणक्यले त्यस्ता केहि नीतिहरुको बारेमा जानकारी दिएका छन्, जसको पालन गरेपछि जीवनका समस्याहरु आफैँ हटेर जान्छ ।

चाणक्य नीतिका अनुसार हामीसँग यी तीन चीज भएमा हामीलाई स्वर्ग यहीँ छ ।

१ आज्ञाकारी सन्तान

चाणक्य नीतिका अनुसार माता पिताका लागि आफ्नो सन्तानले आज्ञाको पालना गर्छ भने, त्यो नै उनीहरुका लागि स्वर्गको समान हुन्छ । यदि सन्तानले आफ्नो आज्ञा मानेन भने, त्यो नै उनीहरुका लागि नर्क बन्दछ ।

२. समझदार श्रीमती र श्रीमान

चाणक्यको नीतिशास्त्रका अनुसार श्रीमती सहयोगी, श्रीमानको कुरा सुन्छ भने त्यस्तो व्यक्तिको मन सधैँ प्रशन्न हुन्छ साथै उक्त व्यक्तिलाई स्वर्ग यहिँ छ ।

त्यस्तै अर्को तर्फ श्रीमानले पनि श्रीमतीको कुरालाई मान्ने, श्रमितीसँग राम्रो व्यवहार गर्ने गरेमा उसलाई पनि स्वर्ग यहिँ छ ।

३. पर्याप्त धन

चाणक्य नीतिका अनुसार मानिसलाई धर्तीमै स्वर्ग समान जिउनको लागि संस्कारी र समझदार श्रीमती तथा सन्तानका साथै पर्याप्त धनको पनि आवश्यक पर्दछ ।

भनिन्छ पैसा सबै थोक होइन, तर पैसाले सबैथोक हुन्छ । त्यसैले सफल र सुखी जीवन बिताउन पैसा अनिवार्य छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  १० : १४ बजे

देशभर इन्टरनेटमा समस्या, भारतीय कम्पनीले ब्यान्डविथ रोकेको दाबी

काठमाडौं-  नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि

माधवनारायणमा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती

रौतहट– रौतहटको माधवनारायण नगरपालिका ६ विनटोलमा बिहीवार भएको आगलागीबाट ५

चितवन निकुञ्जमा गस्तीमा गएका सैनिक सहकर्मीको गोली लागेर घाइते

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा गएको एक सैनिक जवान सहकर्मीको

फरक ढङ्गको विकासको अभ्यासमा छौँ : मुख्यमन्त्री कार्की

दमक– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार फरक ढङ्गको

ओली-प्रचण्ड वार्ता : नयाँ बजेट, उपनिर्वाचन र माधव नेपालको असन्तुष्टिबारे कुराकानी

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा (एमाले)