दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली « Khabarhub

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ।

श्री नयाँ गोरख गण १५औँ डफ्फालाई बदली गर्न श्री नारायणदल गण १६औँ डफ्फाका २०३ शान्ति सैनिक आज दक्षिण सुडानतर्फ प्रस्थान गरेका छन्।

त्यसैगरी, उक्त मिसनमा आफ्नो कार्यकाल पूरा गरेका २०३ नेपाली शान्ति सैनिक आजै स्वदेश फर्किएका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उनीहरू आफ्नो कार्यकाल पूरा गरी नेपाल फर्किएका हुन्।

हाल दक्षिण सुडानस्थित संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा नेपाली सेनाका एक हजार ६९ शान्ति सैनिक कार्यरत छन्।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ६ : ०८ बजे

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट

देउवा समूहले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश

काठमाडौं– नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पठाएको पत्रलाई

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीको उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले पार्टीको आगामी १५औँ महाधिवेशनमा