कपिलवस्तुको क्वारेन्टाइनबाट ११ जना भागे « Khabarhub

कपिलवस्तुको क्वारेन्टाइनबाट ११ जना भागे


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टिनबाट ११ व्यक्ति भागेका छन् ।

सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् । भागेकाहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिए।

१५ दिनको क्वारेन्टिन अवधि पूरा भए पनि किट अभाव भन्दै करीब २० दिनसम्म परीक्षण नगरिएपछि उनीहरु भागेको उनले बताए । उनले भने, ‘संघ र प्रदेश सरकारले समयमै परीक्षण किट उपलब्ध गराउन नसक्दा समस्या झन् बल्झिएको छ ।’

खेतीको समय रहेकाले उनीहरु भागेको हुन सक्ने वडा नम्बर ६ का वडाध्यक्ष श्यामनारायण उपाध्यायले बताए ।

दुई दिनमा गरी ११ जना भागेपछि खोजी गर्न प्रहरीचौकी रंगपुर, प्रशासन र गाउँपालिकालाई पत्राचार गरिएको वडाध्यक्ष उपाध्यायले बताए ।

गत शनिबार मात्रै यशोधरा ८ को खोरियास्थित सरस्वती प्राथमिक विद्यालय र सिहोखोरस्थित राष्ट्रिय निमाविमा रहेका ४६ जना क्वारेन्टिनबाट भागेका थिए ।

उनीहरुलाई भागेको दुई दिनपछि फर्काएर पुनः सरस्वती विद्यालयमा निर्मित क्वारेन्टिनमा राखिएको छ ।

त्यस्तै सोमबार राति वडा नम्बर ५ को अनिरुद्ध पब्लिक माध्यमिक विद्यालयको क्वारेन्टिनबाट समेत चार जना भागेका थिए । भागेका सबैलाई पुनः क्वारेन्टिनमा ल्याइएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर जबराले जानकारी दिए ।

क्वारेन्टिन सञ्चालन गरिका कतिपय स्थानमा पङ्खालगायत सुविधा र समयमै स्वाब परीक्षणको व्यवस्था नहुँदा क्वारेन्टिनमा राख्न समस्या भएको संयोजक ज्योति दुबेले बताए ।

कपिलवस्तुमा अहिलेसम्म ४७ कोरोना सङ्क्रमित भेटिएका छन् । कपिलवस्तुका दश स्थानीय तहका क्वारेन्टिनमा सात हजार ४५१ जना छन् । हालसम्म क्वारेन्टिनमा बसेर एक हजार ८०४ जना डिस्चार्ज भएका छने ।

जिल्लामा पिसिआरका लागि आवश्यक पर्ने एक हजार ७६५ भिटिएम किट उपलब्ध भएकामा करीब एक हजार चार सय जनाको स्वाब संकलन भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  १२ : ५१ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि