कोरोनाको परीक्षण दायरा बढाउन सांसदहरूको माग « Khabarhub

कोरोनाको परीक्षण दायरा बढाउन सांसदहरूको माग


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सांसदहरुले देशबाहिर अफ्ठ्यारोमा परेकाहरुको उद्धार गरी पीसीआर परीक्षणको दयरा बढाउनमा माग गरेका छन् ।

राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले परीक्षण बढाउनुपर्ने, विदेशमा अलपत्र नेपालीहरुको उद्धार गर्नुपर्ने, सम्पूर्ण प्रदेशमा आवश्यक स्वास्थ्य उपकरणको उचित व्यवस्था गर्न माग गरेका छन् । सांसद हरिराम चौधरीले सुदूरपश्चिमको स्वास्थ्य सेवाको अवस्था दयनिय रहेको बताए ।

अहिले संक्रमित नभएपनि भारतबाट रोजगार गुमाएका नागरिकहरुको लुकिछिपि फर्किने क्रम नरोकिएकाले भोली समस्या हुन सक्ने उनले बताए । प्रदेशभरी ५, ६ वटा मात्रै आइसियुसहितका भेन्टिलेटर भएपनि त्यो पर्याप्त नभएको उनले बताए । प्रदेशमा कोरोनाका बिरामी मात्रै नभएर अन्य विरामीहरु पनि समस्यामा रहेको उनले बताए । उनले प्रदेशमा पीसीआर परीक्षणको दायरा बढाउन आग्रह गरे ।

त्यस्तै, सांसद जितेन्द्र नारायण देवले कोरोना भाइरसका विदेशमा अलपत्र नागरिकको तत्काल उद्दारका गर्न आग्रह गरे । प्रतिपक्षी दलले पूर्वाग्रही ढंगले विदेशमा रहेका नेपाली मुद्दा उठाइहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको खण्डन गर्दै उनले जनताको बाँच्न पाउने अधिकारको संरक्षण गर्न आग्रह गरे ।

उनले भने,‘४०, ४५ लाख नेपालीलाई ल्याउनुहोस् भनेक होइनौँ हामीले रोजगारी गुमेका, खाना नपाएका, स्वदेश आउनेहरुलाई ल्याउनुहोस् भनेका हौ । व्यवस्थित रुपमा परीक्षण गरेर ल्याउनुहोस् । आउन चाहानेहरुलाई नेपाली माटोमा बाँच्न दिउ भनेका हौ ।’

सांसद शेखर कुमार सिंहले स्थानीय तहहरुमा व्यवस्थित क्वारेन्टाइनको संख्या बढाउन माग गरेका छन् । स्थानीय तहहरुले क्वारेन्टाइनमा नपठाएर भारतबाट आएकाहरुलाई सीमा नाकामा टहरा बनाएर राख्ने गरेको उनले बताए । अहिले धान र मकै रोप्ने समय भएकाले उन्नत विउ, मलको समयमै व्जयवस्थापन गर्न पनि उनले माग गरे

सांसद रामनारायण विडारीले सीमा विवादको विषयमा आफ्ना कुराहरु राखे । नेपाल र भारतका पूर्व शासकहरुको गल्तिका कारण अहिलेको अफ्ठ्यारो अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले कुटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए ।

पूर्व शासकहरुको हेलचक्रयाइका कारणले कुटनैतिक रुपमा आफ्ठ्यारो पर्ने, परराष्ट्र नीतिमा अफठ्यारो पार्ने र दुबै देशका सम्बन्धित पदाधिकारीको बीचमा कुराकानी नहुने स्थिति आउन नदिन छिटो समस्या समाधान गर्न उनले आग्रह गरे ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  १ : ०५ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको