कोरोनाको परीक्षण दायरा बढाउन सांसदहरूको माग « Khabarhub

कोरोनाको परीक्षण दायरा बढाउन सांसदहरूको माग


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सांसदहरुले देशबाहिर अफ्ठ्यारोमा परेकाहरुको उद्धार गरी पीसीआर परीक्षणको दयरा बढाउनमा माग गरेका छन् ।

राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले परीक्षण बढाउनुपर्ने, विदेशमा अलपत्र नेपालीहरुको उद्धार गर्नुपर्ने, सम्पूर्ण प्रदेशमा आवश्यक स्वास्थ्य उपकरणको उचित व्यवस्था गर्न माग गरेका छन् । सांसद हरिराम चौधरीले सुदूरपश्चिमको स्वास्थ्य सेवाको अवस्था दयनिय रहेको बताए ।

अहिले संक्रमित नभएपनि भारतबाट रोजगार गुमाएका नागरिकहरुको लुकिछिपि फर्किने क्रम नरोकिएकाले भोली समस्या हुन सक्ने उनले बताए । प्रदेशभरी ५, ६ वटा मात्रै आइसियुसहितका भेन्टिलेटर भएपनि त्यो पर्याप्त नभएको उनले बताए । प्रदेशमा कोरोनाका बिरामी मात्रै नभएर अन्य विरामीहरु पनि समस्यामा रहेको उनले बताए । उनले प्रदेशमा पीसीआर परीक्षणको दायरा बढाउन आग्रह गरे ।

त्यस्तै, सांसद जितेन्द्र नारायण देवले कोरोना भाइरसका विदेशमा अलपत्र नागरिकको तत्काल उद्दारका गर्न आग्रह गरे । प्रतिपक्षी दलले पूर्वाग्रही ढंगले विदेशमा रहेका नेपाली मुद्दा उठाइहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको खण्डन गर्दै उनले जनताको बाँच्न पाउने अधिकारको संरक्षण गर्न आग्रह गरे ।

उनले भने,‘४०, ४५ लाख नेपालीलाई ल्याउनुहोस् भनेक होइनौँ हामीले रोजगारी गुमेका, खाना नपाएका, स्वदेश आउनेहरुलाई ल्याउनुहोस् भनेका हौ । व्यवस्थित रुपमा परीक्षण गरेर ल्याउनुहोस् । आउन चाहानेहरुलाई नेपाली माटोमा बाँच्न दिउ भनेका हौ ।’

सांसद शेखर कुमार सिंहले स्थानीय तहहरुमा व्यवस्थित क्वारेन्टाइनको संख्या बढाउन माग गरेका छन् । स्थानीय तहहरुले क्वारेन्टाइनमा नपठाएर भारतबाट आएकाहरुलाई सीमा नाकामा टहरा बनाएर राख्ने गरेको उनले बताए । अहिले धान र मकै रोप्ने समय भएकाले उन्नत विउ, मलको समयमै व्जयवस्थापन गर्न पनि उनले माग गरे

सांसद रामनारायण विडारीले सीमा विवादको विषयमा आफ्ना कुराहरु राखे । नेपाल र भारतका पूर्व शासकहरुको गल्तिका कारण अहिलेको अफ्ठ्यारो अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले कुटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए ।

पूर्व शासकहरुको हेलचक्रयाइका कारणले कुटनैतिक रुपमा आफ्ठ्यारो पर्ने, परराष्ट्र नीतिमा अफठ्यारो पार्ने र दुबै देशका सम्बन्धित पदाधिकारीको बीचमा कुराकानी नहुने स्थिति आउन नदिन छिटो समस्या समाधान गर्न उनले आग्रह गरे ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  १ : ०५ बजे

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा

बेकोले सुरु गर्‍यो विशिष्ट ग्राहक अभियान : घरको लागि डिजाइन, क्रिकेटको उत्साहसँग विभूषित

काठमाडौं– बेकोले नेपाली बजारमा एक ग्राहक अभियानको सुरुवात गरेको छ ।