नक्कली प्रेस कार्ड बोकेर चोरी गर्ने २ जना पक्राउ « Khabarhub

नक्कली प्रेस कार्ड बोकेर चोरी गर्ने २ जना पक्राउ


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नक्कली प्रेस कार्ड बनाएर चोरी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सनुसरीका २१ वर्षीय आश्रय रिमाल हिमाल, हम्मे भन्ने हिमाल रमाइली र बाराका २८ वर्षीय अलि आलम मिया छन् ।

लकडाउनका बेला राति तथा दिनको समयमा चोरीमा संलग्न पाइएपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीले जानकारी दिए ।

महाशाखा र महानगरीय प्रहरी वृत्त, गौशालाबाट खटिएको संयुक्त टोलीले एरेर ५१ ब्वाइज होस्टलबाट चार वटा ल्यापटप र चाबहिलको भत्केको पुलस्थित डा. सुविनको मानन्धरको घरबाट म्याक बुक र एप्पलको आई प्याड चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरुको संलग्नता भेटेको थियो ।

सीसीटीभी फुटेजको आधारमा अध्ययन गर्दा देखिएको एभेञ्जेर मोटरसाइकल रोकेर सोधपुछ गर्ने क्रममा उनीहरुले उम्कन एक टिभीको प्रेस कार्ड देखाएका थिए ।

त्यसक्रममा खनतलासी लिँदा उनीहरुको साथबाट विभिन्न ब्राण्डका ल्यापटप, क्यामरा, नगद ५३ हजार, ३०० डलर, २०० युआनसहित धारिलो हतियारसमेत फेला परेको कार्कीले बताए ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  १ : ५४ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि