‘ट्वायलाइट’ अभिनेता ग्रेगरी र उनकी प्रेमिका मृत फेला « Khabarhub

‘ट्वायलाइट’ अभिनेता ग्रेगरी र उनकी प्रेमिका मृत फेला


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अभिनेता ग्रेगरी टियर बोयस लस भेगसस्थित आफ्नै निवासमा मृत भेटिएका छन् ।

३० वर्षीय अभिनेता र उनकी २७ वर्षीय प्रेमिका दुवै एकसाथ मृत फेला परेको सीएनएनले उल्लेख गरेको छ ।

यी दुई १३ मेमा मृत अवस्थामा फेला परेका हुन् । तर, मृत्युको कारण भने पुष्टि भइसकेको छैन ।

लस भेगास पुलिस विभागका सार्वजनिक सूचना अधिकारीले सीएनएनलाई इमेलमार्फत् उनीहरूको मृत्यु कुनै आपराधिक घटना नएको पुष्टि गरेका छन् ।

अभिनेता ग्रेगरीकी आमा लिसा वेनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् छोरा र अदिपोजु दुवैलाई श्रदाञ्जलि अर्पण गरेकी छन् । साथै उनले आफ्नो छोरा उत्कृष्ट सेफ भएको र ऊ आफ्नो नयाँ व्यवसाय स्थापना गर्ने तयारीमा रहेको पनि बताएकी छन् ।

अभिनेता ग्रेगरी ‘ट्वायलाइट’मा बेला स्वानको अपोजिट क्रिस्टन स्टिवर्टको भूमिकामा थिए । उनीहरूको मृत्युबारे अनुसन्धान गरिरहेको कर्नर एक्जामिनर अफिसले मृत्युको कारण ६ देखि ८ हप्ताभित्र पत्ता लाग्ने बताएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  २ : ५५ बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर