२५ जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ४२७ पुग्यो « Khabarhub

२५ जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ४२७ पुग्यो


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

डा देवकोटाका अनुसार ७ जना महिला र १८ जना पुरुष रहेका छन् । डा देवकोटाका अनुसार बाँकेमा ६ जना पुरुषहरु रहेका छन् । उनीहरु नरैनापुरका क्रमश १७, २०, २८, ३०, ४० वर्षका र खजुराका २७ वर्षीया पुरुष रहेका छन् ।

यस्तै धनकुटामा पाँच जना नयाँ संक्रमित रहेका छन् । उनीहरु २८, २९, ३५ र ३७ वर्षका पुरुष र एकजना २४ वर्षीया महिला रहेका छन् ।

यस्तै कपिलवस्तुमा १३ जना थप संक्रमित छन् । जसमध्ये ३ जना २२, ३५ र ४८ वर्षीय पुरुषहरु विजयनगरको क्वारेन्टाइमा रहेका छन् भने महाराजगंज गाउँपालिकामा ३ ,४ र ५ वर्षीया बालिका, १६ वर्षीया युवती र २५ र ३२ वर्षीया महिला रहेका छन्।

यस्तै १२ वर्षीया बालक, २०, २४ र ३४ वर्षीया पुरुष रहेका छन् । यस्तै नवलपरासीका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाको संक्रमण सातै प्रदेशमा

गत सोमबार दैलेखका एक जनामा कोरोना संक्रमण देखिएसँगै सातै प्रदेशमा कोरोना फैलिएको छ । यसअघि कर्णाली प्रदेश बाहेकका प्रदेशमा कोरोना संक्रमणको पुष्टि भइसकेको थियो ।

कर्णाली प्रदेशको दैलेखका एक जनामा  कोरोना पुष्टि भएपछि सातै प्रदेशमा कोरोना संक्रमण फैलिएको हो । सोमबार दैलेखको आठविस नगरपालिका – १ का एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो।

३८० जना आइसोलेसनमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका विभिन्न अस्पतालको आइसोलेसनमा कुल ३८० जना रहेको जनाएको छ ।

बुधबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयले सम्भावित, शंस्कापद बिरामी र संक्रमितलाई आईसोलेसनमा राखिएको जानकारी गराएको थियो । मन्त्रालयका अनुसार हालसम्म २३,२०२जना क्वारेन्टाईनमा छन् ।

कोरोना संक्रमण नेपालमा २ महिने शिशुदेखी ८४ वर्षियासम्मलाई देखिएको छ । तर गत वर्ष माघ ९ गते पहिलो ‘केस’ देखिएदेखि हालसम्म को विवरण हेर्दा २० देखि ५० वर्ष उमेर समूहमा बढी संक्रमण देखिएको छ ।

कुल ३८ जिल्लामा संक्रमण फैलियो

नेपालका कुल ३८ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हालसम्म नेपालका ७७ मध्ये ३८ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमितहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको छ।

कति भयो परीक्षण ?

नेपालमा पीसीआर विधिबाट हालसम्म ३५ हजार ४९४ जनाको परीक्षण गरिएको छ । आरडीटी विधिबाट ७५ हजार ०७२ जनाको परीक्षण गरिएको छ ।  पीसीआर विधिबाट गरिएको परीक्षणमा ३५ हजार ६७ जनामा कोरोना नदेखिएको मन्त्रालयले जनाएको छ । हालसम्म २ जनाको मृत्यु भएको र ४५ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ४ : ४१ बजे

एआईजी दाहालले अति संवेदनशील सूचना चुहाएको पुष्टि : गृहमन्त्रीको हातमा पुगेको छानविन प्रतिवेदनमा के छ ?

काठमाडौँ – सशस्त्र प्रहरी बलका निलम्बित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको