कोरोना संक्रमित भेटिएपछि मैतिदेवी क्षेत्र सिल « Khabarhub

कोरोना संक्रमित भेटिएपछि मैतिदेवी क्षेत्र सिल


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका-३० अन्तर्गत पर्ने मैतिदेवी क्षेत्रमा क्षेत्र सिल गरिएको छ ।

मैतिदेवी क्षेत्रका एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सो क्षेत्र सिल गरिएको हो । गते वैशाख ३० गते रामेछापबाट आएका दाजुभाइको पीसीआर परीक्षण गराउँदा एक जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

वडा नं. ३० का वडाअध्यक्ष दलबहादुर कार्कीले भने, ‘मैतिदेवी मन्दिर र घट्टेकुलो चोकको प्रहरी बिटबाट उत्तरपूर्वको ५० मिटरको क्षेत्रलाई सिल गरिएको छ।’

उनले भने, ‘गत वैशाख ३० गते रामेछापबाट काठमाडौं आएका दाजूभाइको पीसीआर परीक्षण गर्दा १ जनामा कोरोनको संक्रमण पोजेटिभ देखिएको थियो, उहाँहरु बस्ने घर लगायत वरपरका सबै घरलाई सिल गरिएको छ। अब अन्यको पनि परीक्षणको तयारी भइरहेको छ।’

संक्रमित युवा अहिले अस्पतालमा भएपनि उनका एकजना भाइ भने कोठामै रहेका छन् । उनको पनि कोरोना परीक्षण गरिएको छ तर रिपोर्ट भने आइसकेको छैन ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ४ : ५८ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि