कोरोना परीक्षणमा कति शुल्क लाग्ने भनेर निर्णय भइसकेको छैन : स्वास्थ्य मन्त्रालय « Khabarhub

कोरोना परीक्षणमा कति शुल्क लाग्ने भनेर निर्णय भइसकेको छैन : स्वास्थ्य मन्त्रालय


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाकाले निजी तथा सार्वजनिक संस्थामा कोरोना परीक्षण गर्दा लाग्ने शुल्क निर्धारण नभइसकेको बताएका छन् ।

बुधबार  प्रवक्ता डा. विकास देवकोटाले पीसीआर परीक्षण गर्न सार्वजनिक स्वास्थ्य संस्थाहरूले शुल्क लिन पाउने निर्णय भएको घोषण गरे पनि शुल्क दर नतोकिएको जानकारी दिएका हुन् ।

बुधबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै परीक्षणका लागि मन्त्रालयले दररेट तोकिदिने भएपनि हालसम्म कुनै दररेट तोकी नसकेको बताएको हो।

अस्पतालमा लामवद्ध भएर समय खेर फाल्न नचाहने र भिडभाडका गएर जोखिम मोल्न नचाहने स्वदेशी तथा विदेशीहरुको अनुरोधमा मन्त्रालयले शुल्क तिरेर परीक्षणको व्यवस्था गर्न लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘यही सूचनालाई तोडमोड गरी केही अनलाइन मिडियाले निजी संस्थाबाट परीक्षण गराउन १५ हजार रुपैयाँ रेट तोकिएको भनी समाचार सम्प्रेषन गरेको र यसैलाई आधार मानी सर्वसाधारणले व्यक्त गरेको अत्यन्त धेरै प्रतिक्रियाहरु प्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।

परीक्षणबाट मात्रै संक्रमितलाई पहिचान गर्न सकिने हुँदा विदेशी कूटनितिज्ञहरु र केही अन्य स्वदेशी नागरिकहरुको आग्रहमा परीक्षणलाई व्यापक बनाउन आवश्यक रहेको मन्त्रालयले जनाएको छ।

‘यसैलाई मध्य नजर गरी परीक्षणको दायरालाई व्यापक बनाउने कार्य गरिएको मात्रै हो, यस सम्बन्धमा के–कति शुल्क लाग्ने, प्रयोगशाला कस्तो हुने, सुरक्षा प्रवन्ध कसरी अपनाउने लगायतका विषयमा छलफल र निर्णय हुन बाँकी नै रहेको छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ५ : ५० बजे

तुलसीपुर उपमहानगरद्वारा १५४ वटा कानुन निर्माण

दाङ- तुलसीपुर उपमहानगरपालिकाले हालसम्म १५४ वटा विभिन्न कानुन निर्माण गरी कार्यान्वयनमा

कुवेतको विद्युत् तथा पानी प्रशोधन केन्द्रमा इरानको आक्रमण, खानेपानी आपूर्तिमा चिन्ता

कुवेत– इरानले गरेको आक्रमणबाट कुवेतको विद्युत् उत्पादन तथा समुद्री पानी

स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने

एजेन्सी– लेबर पार्टीका वरिष्ठ नेता तथा ग्रेटर म्यानचेस्टरका पूर्वमेयर एन्डी

नेपालको राजनीतिमा ‘वनाना रिपब्लिक’

सर्वप्रथम हामीले ‘वनाना रिपब्लिक’ भनेको के हो ? कहाँबाट सुरु

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौं– यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले