विश्वभर कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, ३ लाख २५ हजार बढीको मृत्यु « Khabarhub

विश्वभर कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, ३ लाख २५ हजार बढीको मृत्यु


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २५ हजारभन्दा बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधबार साँज ७ बजेसम्ममा विश्वभर कोरोना संक्रमितको संख्या ५० लाख १५ हजार ६७६ पुगेको छ । त्यसैगरी ३ लाख २५ हजार ५०९ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा  ३२ हजार ७३९ जना नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ८८ हजार ८५८ जना नयाँ संक्रमित भेटिएका थिए । आज समाचार तयाँर पार्दासम्म थप ९५५ जनाको मृत्यु भएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ४७६ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख १० हजार ८४४ जनाको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३५ हजार ३४१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा ९३ हजार ५६१ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १७ हजार ९८३ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा १ हजार १३० जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ७ : ०८ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई