कपिलवस्तुमा बुधबार कोरोना संक्रमण पुष्टि भएका सबै भारतबाट आएको खुल्यो « Khabarhub

कपिलवस्तुमा बुधबार कोरोना संक्रमण पुष्टि भएका सबै भारतबाट आएको खुल्यो


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कपिलवस्तुमा बुधबार कोरोना संक्रमण पुष्टि भएकाहरु हालै भारतबाट फर्किएकाहरु रहेको खुलेको छ ।

कोरोना संक्रमितमध्ये महाराजगञ्जका ९ जना एकै टोलका समेत रहेको खुलेको छ ।  त्यस्तै एक परिवारका तीन जनामध्ये आमा र दुई छोरी र अर्काे घरमा आमाछोरीलाई कोरोना संक्रमण भएको हो । उनीहरु सबै दुई साता अघि ट्रक र पैदल यात्रा गर्दै लकडाउनकै बीचमा मुम्बईबाट नेपाल आएका हुन् ।

महाराजगञ्ज नगरपालिकाका स्वास्थ्य संयोजक राधेश्याम जैसवालका अनुसार महाराजगञ्ज नगरपालिका-८ सिसवाका ७ जना र वडा नम्बर १ का दुईजना संक्रमित भेटिएका हुन् । ९ जनामध्ये २ बालक, २ बालिका, ४ महिला र एक पुरुष रहेका छन् । यस्तै विजयनगर गाउँपालिकाका तीन पुरुषमध्ये २ पुरुष एकै घरका दाजुभाइ हुन् ।

महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलामले संक्रमित ९ जना क्वारेन्टाइनमै रहेका बताए । उनीहरु सबैको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा आरटी-पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको हो । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ८ : १६ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि