काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या १९ पुग्यो « Khabarhub

काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या १९ पुग्यो


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १२, भक्तपुरमा ५ र ललितपुरमा २ जना गरी काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १९ पुगेको हो । जसमध्ये काठमाडौंका ५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । अन्यको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंमा कोरोना संक्रमित बढ्दै गएसँगै सुरक्षा व्यवस्था कडा बनाइएको छ । कालीमाटी, मैतीदेवी लगायतका क्षेत्र सिल गरिएको छ ।

नेपालमा हालसम्म ४२७ जनामा कोरोना देखिएको छ । जसमध्ये ४५ निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ मन्त्रालयका अनुसार हालसम्म मुलुकभर ३५,४९४ जनाको पीसीआर परीक्षण गरिएको छ भने ७५,०७२ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।

पीसीआर विधिबाट गरिएको परीक्षणमा ३५,०६७ जनामा कोरोना नदेखिएको जनाइएको छ । हालसम्म २३,२०२ जना क्वारेन्टाइनमा रहेको र
३८० जना आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ९ : ४७ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल