काठमाडौं- काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १२, भक्तपुरमा ५ र ललितपुरमा २ जना गरी काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १९ पुगेको हो । जसमध्ये काठमाडौंका ५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । अन्यको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंमा कोरोना संक्रमित बढ्दै गएसँगै सुरक्षा व्यवस्था कडा बनाइएको छ । कालीमाटी, मैतीदेवी लगायतका क्षेत्र सिल गरिएको छ ।
नेपालमा हालसम्म ४२७ जनामा कोरोना देखिएको छ । जसमध्ये ४५ निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ मन्त्रालयका अनुसार हालसम्म मुलुकभर ३५,४९४ जनाको पीसीआर परीक्षण गरिएको छ भने ७५,०७२ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।
पीसीआर विधिबाट गरिएको परीक्षणमा ३५,०६७ जनामा कोरोना नदेखिएको जनाइएको छ । हालसम्म २३,२०२ जना क्वारेन्टाइनमा रहेको र
३८० जना आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया