ब्राजिलमा एकै दिन थपिए सर्वाधिक संक्रमित, २४ घण्टामा ५५ हजारभन्दा बढीमा कोरोना पुष्टि « Khabarhub

ब्राजिलमा एकै दिन थपिए सर्वाधिक संक्रमित, २४ घण्टामा ५५ हजारभन्दा बढीमा कोरोना पुष्टि


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले ब्राजिलको अवस्था भयावह बनेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्मकै सर्वाधिक संक्रमित फेला परेका छन् ।

दैनिक संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको ब्राजिलमा शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ५५ हजार २०९ जनामा संक्रमण पुष्टि भएको छ ।

यो संख्या ब्राजिलमा एकै दिन संक्रमित हुनेको अहिलेसम्मकै सर्वाधिक हो । योसँगै ब्राजिलमा संक्रमितको संख्या १० लाख ३८ हजार ५६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २२१ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४९ हजार ९० पुगेको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ५ : ५२ बजे

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश