कोरोना भाइरस : विश्वभर एकै दिन १ लाख ११ हजारभन्दा बढी निको « Khabarhub

कोरोना भाइरस : विश्वभर एकै दिन १ लाख ११ हजारभन्दा बढी निको


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख ११ हजारभन्दा बढी निको भएका छन् ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ४६ लाख २० हजार २८३ पुगेको छ ।

यो संख्या शुक्रबार विहानको तुलनामा १ लाख ११ हजार २८ ले बढी हो । शुक्रबारसम्म निको हुनेको संख्या ४५ लाख ९ हजार २५५ थियो ।

यस्तै पछिल्लो २४ घण्टामा १ लाख ८० हजार ३६१ जना संक्रमित भएका छन् । यो विश्वभर एकै दिन भएको संक्रमणको सर्वाधिक संख्या हो । योसँगै विश्वभर संक्रमितको संख्या ८७ लाख ५० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ५९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ६१ हजार ८१३ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शनिबार बिहानसम्म १ लाख ८६ हजार ९३४ जनाको मृत्यु भएको छ ।

२२ लाख ८३ हजार ९६ जना संक्रमित भएकोमा १२ लाख ३५ हजार ८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५१ हजार ८५४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २६ लाख ५२ हजार २८५ पुगेको छ । त्यसमध्ये ११ लाख ८२ हजार ७५२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४६ हजार ३६३ जनाको मृत्यु भएको छ । १८ लाख १६ हजार ३१७ जना संक्रमित भएकोमा ११ लाख ४३ हजार १५२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ६८ हजार ८१० जनाको मृत्यु भएको छ । १७ लाख २०० जना संक्रमित भएकोमा ९ लाख १५ हजार ७७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ७ हजार ७१३ जनाको ज्यान गएको छ भने २ लाख ८८ हजार ८१२ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ३५ हजार १७६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार २३ जना संक्रमित भएकोमा ८ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ६ : ३६ बजे

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा