नेकपा सचिवालय बैठक बस्दै, छलफलको मुख्य एजेण्डा नागरिकता विधेयक « Khabarhub

नेकपा सचिवालय बैठक बस्दै, छलफलको मुख्य एजेण्डा नागरिकता विधेयक


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकमा यही असार १० र ११ गते बस्ने नेकपाको स्थायी कमिटी बैठकको तयारी, संसदीय समितिमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकका विवादित विषय लगायतका विषयमा छलफल हुनेछ ।

यस्तै संसद्मा दर्ता भएको अमेरिकी सहायता परियोजना (एमसीसी) अनुमोदनको प्रस्ताव आदि विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

नागरिकता ऐन, २०६३ संशोधन विधेयकका सन्दर्भमा वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी विषयमा दलहरूबीच विवाद छ । कांग्रेसले मौजुदा व्यवस्थालाई नै निरन्तरता दिनुपर्ने बताउँदै आएको छ सत्तारूढ नेकपाले वैवाहिक अंगिकृत नागरिकताको प्रावधानमा कम्तिमा ७ वर्षको सीमा राख्नुपर्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ८ : ३३ बजे

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश