कोरोना महामारीकाबीच ट्रम्पलाई चुनावी र्‍याली गर्ने बाटो खुला | Khabarhub Khabarhub

कोरोना महामारीकाबीच ट्रम्पलाई चुनावी र्‍याली गर्ने बाटो खुला


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना महामारीकाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनावी र्‍याली गर्न अदालतले मार्ग प्रशस्त गरिदिएको छ ।

ट्रम्पले शनिबार ओक्लोहोमाको टल्सामा चुनावी र्‍याली गर्न लाग्दा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै उक्त र्‍याली रोक्न मागसहित अदालतमा मुद्दा दायर भएको थियो ।

उक्त मुद्दामा सर्वोच्च अदालतले ट्रम्पका पक्षमा फैसला सुनाएको हो । अदालतको उक्त फैसलासँगै कोरोना भाइरसको संक्रमण बढ्दो अवस्थामा रहेको ओक्लोहोमामा ट्रम्पले चुनावी र्‍याली गर्ने भएका छन् ।

आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि ट्रम्पले मार्च यता पहिलोपटक र्‍याली गर्न लागेका हुन् ।

ट्रम्पले आफ्नो चुनावी र्‍याली संक्रमण बढ्दो क्रममा रहेको आफ्नो क्षेत्रमा आयोजना गरेकामा ओक्लोहोमाका स्वास्थ्य अधिकारीले चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ९ : ४४ बजे

बझाङको मतगणना छबिसपाथिभेरामा सुरु गरिने 

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु गरिने भएको छ ।

विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा गाजा

काठमाडौं– गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १

सुपला भट्टराई : दर्शकको मन जित्न सफल बालकलाकार

काठमाडौं– बालविवाह र बोक्सी कुप्रथाको विषयमा बनेको चलचित्र ‘बोक्सीको घर’

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो