लद्दाख भिडन्त : भारतीय सैनिक नियन्त्रणमुक्त गरिएको खबरमा चीनको खण्डन « Khabarhub

लद्दाख भिडन्त : भारतीय सैनिक नियन्त्रणमुक्त गरिएको खबरमा चीनको खण्डन


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लद्दाखको गलवान क्षेत्रमा भएको भिडन्तपछि नियन्त्रणमा लिइएका १० जना भारतीय सैनिकलाई छाडेको भन्ने खबरको चीनले खण्डन गरेको छ ।

उक्त समाचारप्रति खण्डन गर्दै चीनले कोही पनि भारतीय सैनिकलाई नियन्त्रणमा नै नलिएको प्रष्ट पारेको छ ।

भारतीय सैनिक स्रोतलाई उधृत गर्दै बिहीबार राती भारतीय दैनिक द हिन्दु लगायतका भारतीय सञ्चार माध्यमहरूले सैन्य वार्तापछि चीनले नियन्त्रणमा एक लेफ्टिनेन्ट कर्णेल र तीन मेजरसहित १० जना भारतीय सैनिकलाई छोडेको बताएका थिए।

तर शुक्रबार बेइजिङमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकलाई कब्जामा नै नलिएको बताएका छन् ।

‘चीनले कुनै भारतीय सैनिकलाई कब्जामा लिएको छैन’, प्रवक्ता झाओ लिजिआनले भने, ‘भिडन्तको जिम्मेवार सम्पूर्ण रूपमा भारतीय पक्ष छ।’

चीन र भारतबीच सोमबार (जुन १५ मा) भएको हिंसात्मक भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  १० : ०३ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ