चीनले भन्यो- कुनै पनि भारतीय सैनिक चीनको कब्जामा छैन | Khabarhub Khabarhub

चीनले भन्यो- कुनै पनि भारतीय सैनिक चीनको कब्जामा छैन


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनले आफ्नो नियन्त्रणमा अब कुनै पनि भारतीय सैनिक नरहेको बताएको छ । यसअघि भारतले पनि आफ्ना कुनै पनि सैनिक अब चीनको कब्जामा नरहेको बताएको थियो ।

नियमित पत्रकार सम्मेलनको क्रममा चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले शुक्रबार बेलुका भने, ‘जहाँसम्म मलाई जानकारी छ, यो समय चीनको नियन्त्रणमा भारतीय सैनिक छैनन् ।’

सोमबार राति पूर्वी लद्दाखसँग सीमा जोडिएको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारत र चीनका सेनाबिच भिडन्त भएको थियो । सो भिडन्तमा भारतका एक उच्च कमाण्डरसहित २० सैनिकको मृत्यु भएको थियो ।

त्यसको तीन दिनपछि बिहीबार बेलुका चीनले आफ्नो नियन्त्रणमा रहेका १० भारतीय सैनिकलाई स्वतन्त्र गरेको उच्च सुरक्षा स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले खबर छापेका थिए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओले भारतीय सैनिक हिरासतमा लिए नलिएको पुष्टि भने गरेनन् ।

चीनले गलवान उपत्यका आफ्नो अधिकार क्षेत्रको भूभाग रहेको बताएको छ । यसमा भारतको पनि दाबी रहँदै आएको छ ।

तर शुक्रबार सर्वदलीय बैठकको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिले कुनै पनि भारतीय क्षेत्रमा कसैको नियन्त्रण नरहेको र चेकपोस्ट पनि नियन्त्रणमा नरहेको बताएका थिए ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  १ : २९ बजे

फागुन २१ मै निर्वाचन : के भन्छन् दलका नेताहरू ?

काठमाडौं– राजनीतिक दलका नेताहरूले ‘जेन-जी’ आन्दोलनका क्रममा लुटपाट भएका सुरक्षाकर्मीका

सानेपामा तरुण दलको चियापान (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले ७३ औं

संविधानको रक्षाका लागि समर्पित हुन कांग्रेस कार्यवाहक सभापति खड्काको आग्रह

पाटन– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तरुणहरूलाई जुझारु भएर

रुसी क्षेप्यास्त्र परीक्षण ‘उचित कदम होइन’ : ट्रम्प

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्ना रुसी समकक्षी

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले पाँच वर्षदेखि च्याउखेती