कोरोनाको संक्रमण विश्वभर नै घातक अवस्थामा पुगेको डब्ल्युएचओको चेतावनी « Khabarhub

कोरोनाको संक्रमण विश्वभर नै घातक अवस्थामा पुगेको डब्ल्युएचओको चेतावनी


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको संक्रमण विश्वभर नै घातक अवस्थामा पुगेको चेतावनी दिएको छ ।

विश्वभर एकै दिन शनिवार अहिलेसम्मकै सर्वाधिक १ लाख ८१ हजारभन्दा बढीमा संक्रमण देखिएपछि डब्ल्युएचओले यस्तो चेतावनी दिएको हो ।

संसारका विभिन्न देशमा कोरोना संक्रमणको अलग-अलग चरण चलिरहेको भन्दै डब्ल्युएचओले भाइरस संक्रमणको गति र संक्रमणको स्तर घातक अवस्थामा पुगेको चेतावनी दिएको हो ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानमले अहिले कोरोना संक्रमण फैलिँदो क्रममा रहेको र खतरनाक बनेको बताएका छन् ।

उनले कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेकाले संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन् ।

लकडाउन बढ्दै जादा आर्थिक अवस्था तहसनहस भएको भन्दै कयौं मुलुकहरूले लकडाउन खुकुलो बनाएको तथा हटाइसकेकाले जोखिम अझ बढेको डब्ल्युएचओको ठहर छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ३ : ३३ बजे

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म,

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले