इन्डोनेसियामा डुंगा दुर्घटना हुँदा १० जना वेपत्ता « Khabarhub

इन्डोनेसियामा डुंगा दुर्घटना हुँदा १० जना वेपत्ता


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इन्डोनेसिया- इन्डोनेसियाको पश्चिमी क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा १० जना वेपत्ता भएका छन् ।

शनिबार इन्डोनेसियाली अधिकारीले सुन्ड्रा स्ट्रेटमा भएको डुङ्गा दुर्घटना हुँदा कम्तीमा १० जना बेपत्ता भइरहेका र उनीहरूको खोजी कार्य जारी रहेको जानकारी गराएका छन् ।

डुङ्गा बान्टेन प्रान्तबाट राकाटा टापूतर्फ गइरहेको समय चाइल्ड क्रयाकाटाउ ज्वालामूखी नजिक पुग्दा डुबेको राष्ट्रिय खोज तथा उद्धार कार्यालयका प्रवक्ता युसुफ लाटिफले बताए ।

हराइरहेका १० यात्रुको खोजीका लागि दर्जनौँ उद्धारकर्मीहरू घटनास्थल पुगेको र खोजीकार्य जारी रहेको प्रवक्ता लाटिफले बताउनुभयो । घटनास्थलबाट अन्य छ जनालाई सकुशल उद्धार गरिएको थियो ।

इनडोनेसियामा पूराना डुङ्गा, बदलिइरहने मौसम र भारबहन क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण प्राय दुर्घटनाहरू हुने गर्दछन् ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ५ : ४२ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको