इन्डोनेसियामा डुंगा दुर्घटना हुँदा १० जना वेपत्ता | Khabarhub Khabarhub

इन्डोनेसियामा डुंगा दुर्घटना हुँदा १० जना वेपत्ता


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इन्डोनेसिया- इन्डोनेसियाको पश्चिमी क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा १० जना वेपत्ता भएका छन् ।

शनिबार इन्डोनेसियाली अधिकारीले सुन्ड्रा स्ट्रेटमा भएको डुङ्गा दुर्घटना हुँदा कम्तीमा १० जना बेपत्ता भइरहेका र उनीहरूको खोजी कार्य जारी रहेको जानकारी गराएका छन् ।

डुङ्गा बान्टेन प्रान्तबाट राकाटा टापूतर्फ गइरहेको समय चाइल्ड क्रयाकाटाउ ज्वालामूखी नजिक पुग्दा डुबेको राष्ट्रिय खोज तथा उद्धार कार्यालयका प्रवक्ता युसुफ लाटिफले बताए ।

हराइरहेका १० यात्रुको खोजीका लागि दर्जनौँ उद्धारकर्मीहरू घटनास्थल पुगेको र खोजीकार्य जारी रहेको प्रवक्ता लाटिफले बताउनुभयो । घटनास्थलबाट अन्य छ जनालाई सकुशल उद्धार गरिएको थियो ।

इनडोनेसियामा पूराना डुङ्गा, बदलिइरहने मौसम र भारबहन क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण प्राय दुर्घटनाहरू हुने गर्दछन् ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ५ : ४२ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले