ठेकेदारसँग घुस लिँदै गर्दा प्रहरी निरीक्षक पक्राउ  « Khabarhub

ठेकेदारसँग घुस लिँदै गर्दा प्रहरी निरीक्षक पक्राउ 


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ठेकेदारसँग घुस लिँदै गर्दा एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय भिमफेदीमा कार्यरत इन्सपेक्टर रामबालक राय घुस रकमसहित रंगेहात पक्राउ परेका हुन् ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले ठेकदार दुर्गा लामासँग १२ हजार लिँदै गरेको अवस्थामा इन्सपेक्टर रायलाई घुस रकमसहित पक्राउ गरेको हो ।

शनिबार बिहान भिमफेदी– ६ स्थित सगरमाथा होटलबाट इन्सपेक्टर रायलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

‘कारबाहीका लागि वाग्मती प्रदेश कार्यालय तानिसकेका छौं । उनी आजैबाट निलम्बन भइसकेका छन् । अब कानुन प्रक्रियाअनुसार कारबाही अगाडि बढ्नेछ’, बाग्मती प्रदेशका डिआइजी बसन्त लामाले बताए ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ८ : १४ बजे

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता