मोरङको डोरियामा सशस्त्र प्रहरीको ‘बीओपी’ स्थापना « Khabarhub

मोरङको डोरियामा सशस्त्र प्रहरीको ‘बीओपी’ स्थापना


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको रतुवामाई नगरपालिका–२ डोरियास्थित सीमा क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) आज स्थापना गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १ बराह वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापा र रतुवामाई नगरपालिकाका प्रमुख रबिन राईले विओपीको शुभारम्भ गरे ।

बीओपीमा प्रहरी निरीक्षकको कमान्डमा ३५ जना सशस्त्र प्रहरी रहनेछन् । मोरङ जिल्लाको भारतसँग सीमा जोडिएको ६३ किलोमिटर क्षेत्रमा सातवटा सशस्त्र बोर्डर आउट पोष्ट सञ्चालनमा आएका छन् । यसअघि विराटनगरको वखरी, जहदा, नोचा, धनपालथान, बरडङगा लगायतका स्थानमा बीओपी स्थापना भइसकको छ ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक थापाले सीमा क्षेत्रको सुरक्षाका लागि प्रत्येक ३.५ किलोमिटरमा पोष्ट स्थापना गरिन लागेको बताउँदै स्थानीय जनताको सेवा तथा उनीहरुको समस्यालाई ध्यानमा राख्न प्रहरीलाई निर्देशन दिए ।

नगरप्रमुख रबिन राईले पोष्टको स्थापनासँगै सीमा क्षेत्रमा हुने अवैधानिक क्रियाकलापहरुको नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न थप सहयोग पुग्ने बताए ।

पोष्ट स्थापनाका लागि आठ कट्ठा चार धुर जग्गा निःशुल्क उपलब्ध गराउने सनातन राजवंशीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । पोष्टको भौतिक पूर्वाधारलगायतको निर्माणमा रतुवामाई नगरपालिकाले सहयोग गरेको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  १० : ३३ बजे

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका