सिद्धार्थ राजमार्ग फेरि अवरूद्ध « Khabarhub

सिद्धार्थ राजमार्ग फेरि अवरूद्ध


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही – सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्ड फेरि अवरूद्ध भएको छ ।

तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो दुई दिन लगाएर पन्छाएर सञ्चालनमा आएको सडक फेरि अवरूद्ध भएको हो ।

पहिरो हटाएर आइतबार साँझ ५ बजेदेखि एकतर्फी सवारी साधन चलाइएकोमा फेरि सोही स्थानमा पहिरो खसेपछि सुचारू भएको तीन घण्टामै पुनः सडक अवरुद्ध भएको छ ।

राति सवा आठ बजेपछि पूर्णरुपमा सडक अवरुद्ध भएको उक्त सडकखण्डलाई सञ्चालन गर्नका लागि आज बिहानबाट पहिरो पन्छाउने काम शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिए ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ७ : ४२ बजे

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने