काठमाडौं- आइतबार विहानदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न नदीमा पानीको सतह बढेको छ।
नदी तथा नालाको पानी किनारको सडकसम्म आउन सक्ने भएको सतर्क रहन अपिल गरिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशााले आज दिनभर वर्षा जारी रहने जनाएको छ । केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको हुँदा बाढी पहिरो तथा डुवानको खतरा भएकाले सतर्क रहन अनुरोध गरिएको छ ।
काठमाडौंको धोबीखोलामा आएको बाढीका केही तस्वीर-
प्रतिक्रिया