संयुक्त अरब एमिरेट्सको मङ्गल ग्रह जाने पहिलो ऐतिहासिक यानको सफल प्रक्षेपण | Khabarhub Khabarhub

संयुक्त अरब एमिरेट्सको मङ्गल ग्रह जाने पहिलो ऐतिहासिक यानको सफल प्रक्षेपण


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त अरब एमिरेट्स (यूएई) को पहिलो ऐतिहासिक मिशन अन्तर्गतको एक यान मङ्गल ग्रहतर्फ अघि बढेको छ।

जापानमा रहेको तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू-ए रकेटमार्फत प्रक्षेपण भएको होप नामक उक्त मिशनले झण्डै ५० करोड किलोमिटर दूरी तय गरेपछि मङ्गलग्रहको मौसम र जलवायुबारे अध्ययन गर्नेछ।

यसअघि प्रक्षेपणका दुईवटा प्रयास गत साता खराब मौसमका कारण स्थगित गरिएको थियो।

सन् २०२१ को फेब्रुअरीमा होप मङ्गलग्रह पुग्नेछ। त्यो त्यही मिति हो जतिबेला युएई स्थापनाको ५० औ वार्षिकोत्सब हुन्छ।

यही महिना मङ्गलग्रहमा जान लागेका तीनवटा मिशनमध्ये यूएईको होप मिशन एक हो।

अमेरिका र चीन दुवै आफ्नो मिसन पठाउन अन्तिम चरणको तयारीमा छन्।

यूएई किन मङ्गल जाँदैछ?

अन्तरिक्षयानको नमुना र निर्माण दुवैमा यूएईको सीमित अनुभव छ।

तर पनि अमेरिका, रुस, युरोप र भारतले मात्रै सफलता हासिल गरेको काममा उसले प्रयास गर्दैछ।

यसले चुनौती लिने आँट गर्नुपर्छ भन्ने एमिरेट्सको महत्त्वाकाङ्क्षा देखाउँछ।

अमेरिकी विज्ञको अनुभवी परामर्श पाएका यूएईका इन्जिनियरहरूले जम्मा छ वर्षमा एउटा परिष्कृत यान उत्पादन गरेका छन्।

र यो भूउपग्रह मङ्गल ग्रहको कक्षमा पुगेपछि यसले ग्रहको वातावरणले कसरी काम गर्छ भन्ने ताजा विवरणहरूको खुलासा गर्नेछ।

उक्त ग्रहको सतहभन्दा झण्डै २२ हजार देखि ४४ हजार किलोमिटर माथि रहेर यो भूउपग्रहले अध्ययनहरू गर्नेछ।

खासगरी, वैज्ञानिकहरूले मङ्गलग्रहमा हावा र पानी के कारणले कम भयो भन्ने बुझाइमा थप जानकारी दिने बताएका छन्।

एमिरेट्स र पूरै अरब क्षेत्रमा होपले युवाहरूलाई उच्च शिक्षा र विज्ञानमा आकर्षित गर्ने विश्वास गरिएको छ।

होप बन्न ६ वर्ष लागेको थियो

तेल र ग्यासमा निर्भर रहेको देशलाई त्यसबाट माथि उठाएर ज्ञानमा आधारित अर्थतन्त्र बनाउने थुप्रै परियोजनामध्ये भूउपग्रह एउटा सङ्केतका रुपमा रहेको यूएई सरकारले बताएको छ।

तर मङ्गलग्रह भएकोले खतरा पनि निकै धेरै छ।

उक्त ग्रहमा पठाइएका सबै मिशनमध्ये आधाजसो विफल भएका छन्।

होप प्रोजेक्टका निर्देशक ओमरान शराफले खतराहरूको ख्याल गर्दै आफ्नो देशको प्रयास सही रहेकोप्रति आश्वस्त पारे।

“यो अनुसन्धान र विकासको मिशन हो र विफलता एउटा विकल्प हो,” उनले भने। बीबीसी

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ११ : ३९ बजे

न्यूयोर्कको ठुलो होटेलमै रहस्यमय हत्या

न्युयोर्क – सन् २०१६ मा डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा जित

जनकपुर र पोखरा तथा काठमाडौं र सुदूरपश्चिम भिड्ने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र

चिसोमा दीर्घरोगीलाई मर्निङवाक जोखिमपूर्ण

काठमाडौं – यतिबेला चिसो मौसम छ। मौसम परिवर्तनसँगै हाम्रो जीवनशैलीमा

फ्रान्सका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पारित

फान्स – प्रधानमन्त्री माइकल बार्नियरले विश्वासको मत पाउन नसकेपछि फ्रान्समा

शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना