सडकमा अलपत्र आमा र बच्चालाई सोनुले घर दिने « Khabarhub

सडकमा अलपत्र आमा र बच्चालाई सोनुले घर दिने


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउड अभिनेता सोनु सुदले सडकमा अलपत्र महिला र बच्चाका लागि घर दिने घोषणा गरेका छन।

पछिल्लो समय लकडाउनमा प्रवासी मजदुरका लागि यातायातदेखि खान बस्नसम्म सहयोग गर्दै आएका सोनुले पटनामा अलपत्र परिवारलाई घर दिने निर्णय गरेका हुन्।

सामाजिक सञ्जाल ट्वीटरमा अंकित राजगढियाले सोनुलाई मेन्सन गरेर घरबेटीले कोठाबाट निकालेपछि सडकमा बच्चासहित बसिरहेकी महिलाको तस्विर शेयर गरेका थिए। उक्त ट्वीटमा प्रतिक्रिया दिँदै सोनुले यो परिवारले घर पाउने उल्लेख गरेका छन।

अंकिले लेखेका छन, ‘सर पतिको मृत्युपछि यी महिला पटनामा बस्दै आएकी थिइन्। घरबेटीले कोठाबाट निकालिदिए। एक महिनादेखि सडकको किनारमा बसिरहेकी छिन्। २ साना बच्चा भोकले तड्पिरहेका छन। तपाईले सहयोग गर्नुस्। सरकारसँग यिनको कुनै आशा छैन।’

जवाफमा सोनुले लेखेका छन, ‘भोलि यो परिवारको शिरमा छत हुनेछ। यी साना बालकका लागि एक घर जरुर हुनेछ।’ सोनुको जवाफपछि धेरैले उनलाई धन्यवाद दिएका छन ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १२ : ०८ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड