गुगल क्रोममा थपिँदै यस्तो फिचर, फिसिङ साइटबाट बच्न सकिने « Khabarhub

गुगल क्रोममा थपिँदै यस्तो फिचर, फिसिङ साइटबाट बच्न सकिने


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  पछिल्लो समय लोकप्रियता कमाएको गुगल सर्च इन्जिन क्रोमको नयाँ फिचरमाथि काम थालिएको छ । यो नयाँ फिचरले प्रयोगकर्तालाई फेक (फर्जी) फाराम भर्नबाट रोक्न सक्नेछ ।

गुगलमा नयाँ थपिने फिचरले फर्जी फाराम पहिल्याउनेछ र प्रयोगकर्तालाई त्यस्ता फाराम भर्नबाट रोक्नेछ ।

ह्याकरहरले नक्कली फाराम बनाइ प्रयोगकर्ताको युजरेनम र पासवर्ड पत्ता लगाउने गर्छन् । अब यस्ता खालका क्रियाकलाप पनि कम हुने अनुमान गरिएको छ ।

क्रोमको यो नयाँ फिचरले ‘फिसिङ एट्याक’बाट जोगाउने लक्ष्य लिइएको छ ।

यो फिचरलाई लागु गर्न या बन्द गर्न सकिने व्यवस्था मिलाइनेछ । फिचर प्रयोग गर्न चाहेमा इनेबल गर्नुपर्नेछ ।

गुगलले लामो समयदेखि प्रयोगकर्ताको सुरक्षालाई ध्यान दिएर यस्ता टुल निर्माण गरिरहेको छ । क्रोमको यो नयाँ फिचर अक्टोबरसम्म लञ्च गरिने जनाइएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  २ : २१ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई