मीन भामको फिल्म ‘चिसो वर्ष’ ले पायो एक करोडको पुरस्कार | Khabarhub Khabarhub

मीन भामको फिल्म ‘चिसो वर्ष’ ले पायो एक करोडको पुरस्कार


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक मीन भामले बनाउने फिल्म ‘चिसो वर्ष’ ले एक करोडभन्दा बढीको पुरस्कार जितेको छ । फिल्मले टुवेल्फ पुन्टो स्क्रिप्ट ल्याबले दिने ७५ हजार युरोको पुरस्कार पाएको हो ।

स्क्रिप्टल्याबले १२ स्क्रिप्टमध्ये ३ वटा फिल्मलाई पुरस्कार दिएको थियो । शनिवार राति मीनले ‘चिसो वर्ष’ले पुरस्कार पाएको थाहा पाएको जानकारी दिए ।

यो पुरस्कार उनका टर्किस निर्मातालाई दिइएको हो । प्रतिस्पर्धामा आवेदन हाल्न उनीहरुले नै हौसाएका थिए । उनले आफ्नो स्क्रिप्ट ल्याबमा पठाएका थिए ।

पुन्टो स्क्रिप्ट ल्याबले हरेक वर्ष उत्कृष्ट स्किृप्टलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

‘चिसो वर्ष’ ले यसअघि पनि विभिन्न पुरस्कार पाएको छ । २ महिनाअघि ‘ब्रेड फर द वर्ल्ड २०२०’ ले यो स्क्रिप्टलाई २७ लाख रुपैयाँ दिएको थियो ।

नेपालको हिमाली भेगमा हुने बहुपतिप्रथाको कथामा आधारित यो स्क्रिप्टमाथि फिल्म बनाउन टर्की, सिंगापुर, नर्वेसहित गरी ८ निर्माताले सहकार्य गर्नेछन् ।

फिल्ममा लगानी बढी गरिने जनाइएको छ । फिल्मको स्क्रिप्टले यसअघि ‘एसियन सिनेमा फण्ड’, ‘सिनेमाज डु मण्डे’, ‘टोरिनो फिचरल्याब’, ‘कान फेस्टिभल’, ‘एसियन प्रोजेक्ट मार्केट’ बाट पनि पुरस्कार पाएको छ ।

मीनका अनुसार पुरस्कारबाट फिल्मको ७२ प्रतिशत लगानी उठिसकेको छ । ५ वर्षदेखि उनले फिल्मको स्क्रिप्ट लेखिरहेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ३ : ३९ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार