डाक्टरमा कोरोना पुष्टि भएपछि गल्याङ नगर अस्पताल बन्द « Khabarhub

डाक्टरमा कोरोना पुष्टि भएपछि गल्याङ नगर अस्पताल बन्द


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा : गल्याङ नगर अस्पतालमा कार्यरत डाक्टरमा कोरोना संक्रमण देखिएको छ। चिकित्सकमै कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालका सबै सेवाहरु बन्द गरिएका छन्।

अस्पतालको आइसोलेसनका संक्रमितको उपचारमा खटिएका डाक्टर नै कोरोना संक्रमित भएका हुन्। क्षयरोग केन्द्र, पोखरामा भएको परीक्षणमा अस्पतालका डाक्टरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ। पुष्टि भएसँगै उनलाई आइसोलेसनमा राखिएको छ।

आइशोलेसनमा रहेका संक्रमित, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगयत १९ जनाको पीसीआर परीक्षणका लागि पोखरा पठाइएकोमा डाक्टरमा मात्र कोरोना पोजिटिभ देखिएको स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानकारी दिए। उनले भने, ‘कन्ट्रयाक ट्रेसिङका तयारीमा जुटेका छौं।’

डाक्टरमा नै संक्रमण पुष्टि भएको खबरले समुदायमा फैलने डर स्थानीयको छ। डाक्टरले गल्याङ अस्पतालसहित क्लिनिकमा समेत स्वास्थ्य परीक्षण गर्ने जनाइएको छ। योसँगै स्याङ्जामा कोरोना संक्रमितको संख्या १ सय ९८ जना पुगेको छ। अहिलेसम्म १ सय ८५ जना कोरोना निको भएर घर फर्केका छन् भने १३ जना विभिन्न आइसोलेसनमा उपचाररत छन्। २ जना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य कार्यालयका अनुसार भिरकोट स्थित कालिका सामुदायिक अस्पतालमा ५ जना, वालिङ स्थित कुँवर समाजघरमा ५ जना, पुतलीबजार स्थित करेण्डाँडामा १, चापाकोटमा १ र गल्याङमा १ जना संक्रमित उपचाररत छन्।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ३ : ४७ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय