काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका दुई जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यस्तै पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक जनामा कोरोना देखिएको उनले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १८६ जनामध्ये तीन जना काठमाडौं उपत्यकाका हुन् ।

देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

देशभर सक्रिय संक्रमितको पाँच हजार ९३६ रहेको छ । पाँच सय भन्दा सक्रिय संक्रमित रहेका तीन जिल्लामा रौतहट कैलाली र बाजुरा रहेका छन् ।

यस्तै शून्य संक्रमित रहेका ८ जिल्लामा भोजपुर, पाँचथर, रसुवा, धनकुटा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला रहेका छन् ।

पछिल्लो २४ घण्टामा १७३ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट ११ हजार ८६८ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरबाट ६६ दशमलव ५१ प्रतिशत संक्रमितहरु निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरका २२ हजार २२८ जना क्वारेन्टिनमा रहेका छन् ।

देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ४ : ५८ बजे

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री