ओपोद्वारा ए सिरिज अन्तर्गत ए-३१ सार्वजनिक, नेपालमा मूल्य कति ? « Khabarhub

ओपोद्वारा ए सिरिज अन्तर्गत ए-३१ सार्वजनिक, नेपालमा मूल्य कति ?


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओपोले नेपालमा ओपो ए ३१ स्मार्टफोन सार्वजनिक गरेको छ ।

ओपो ए ३१ फ्यान्टसी ह्वाइट (सेतो) र मिस्ट्रि ब्ल्याक (कालो) गरी दूई आकर्षक रंगमा सार्वजनिक भएको हो । ७२०×१६०० पिक्सेल सहितको ६.५ ईञ्च वाटरड्रप डिस्प्ले र ८९% स्क्रिन रेसियो सहितको यस फोनले उच्च गुणस्तरिय दृश्यानुभव प्रदान गर्छ । स्क्रिनको सुरक्षार्थ कम्पनीले ओपो ए३१मा गोरिल्ला ग्लास थ्रीको ब्यवस्था पनि गरेको छ ।

यसमा रहेको आई प्रोटेक्सन स्क्रिन फिल्टरले हानिकारक ब्ल्यू लाइटबाट प्रयोगकर्ताका आँखालाई सुरक्षा प्रदान गर्छ । एकै हातले फोनको सहज प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ यसको मोटाइ ८.३एमएम हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

ओपो ए३१को पछिल्तिर तीन ओटा लेन्सको ब्यवस्था गरिएको छ । कम प्रकाश भएका स्थान पनि उत्कृष्ट तस्विर खिच्न सकियोस् भन्ने सोचका साथ फोनको प्रमुख क्यामेरामा १२एमपी सेन्सर र एफ÷१.८ एपर्चरको ब्यवस्था गरिएको छ भने यसमा रहेको २एमपी माक्रो लेन्सले थप जुम गरी विहानीको शित, फूलेको फूल लगायत साना चिजको आकर्षक तथा ठूलो आकारमा तस्विर लिन सकिन्छ ।

यी दूईका साथमा २एमपी डेफ्ट सेन्सरको पनि फोनमा उपलब्ध गरिएको छ । यसले सब्जेक्टलाई ब्याकग्राउण्डसंग छुट्याई पोट्रेट शट्समा उत्कृष्ट बोके उपलब्ध गराउन मद्दत गर्छ । यसमा रहेको ८एमपी एफ / २.० फ्रण्ट एआई ब्यूटिफिकेसन क्यामेराले अझ प्राकृतिक, सुन्दर सेल्फी खिच्न सघाउँछ ।

सार्वजनिक ओपोको नयाँ ए सिरिजमा १ सय २८ जीबी रोम उपलब्ध गरिएको छ । साथै, प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार सञ्चय क्षमतालाई २ सय ५६ जीबी सम्मको माइक्रोएसडी कार्डको प्रायेग गरी बढाउन पनि सक्छन् । यसले गर्दा प्रयोगकर्ताले सञ्चय क्षमताको चिन्ता नगरी चाहना अनुसार तस्विर खिच्ने, भिडियो डाउनलोड गर्ने संगीत सञ्चय गर्ने लगायत कार्य गर्न पाउँछन् ।

ओपो ए३१लाई मिडियाटेकको शक्तिशाली १२ एनएम एमटी६७६५भी चिपसेटले सञ्चारित गर्छ । यसमा रहेको ४ जीबी र्‍याम सहितको ओक्टाकोर प्रोशेसर उत्कृष्ट स्मार्टफोन कार्यक्षमता प्रदर्शन गर्न २.३ जीएचजेडको गति लिने क्षमता राख्छ । यसमा रहेको ४ हजार २ सय ३०एमएएच क्षमताको ब्याट्री एक पटक पूर्णरुपमा चार्ज गर्दा प्रयोगकर्ताले १४ घण्टा सम्मको अनलाइन भिडियो स्ट्रिमिङ वा ७ घण्टा सम्म निरन्तर अनलाईन गेम्स तथा १ सय १० घण्टा अडियो प्लेब्याकको मज्जा लिन सक्छन् ।

फोनमा फिंगरप्रिन्ट अनलकका साथै सुदृढ सेक्योरिटी अल्गोरिथमका साथमा फेसियल अनलकपनि उपलब्ध रहेको कम्पनीको भनाइ छ । निकै आकर्षक फिचर्स सुसज्जित स्मार्टफोन, ओपो ए ३१ को बजार मूल्य रु. २६ हजार ५ सय ९० निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ४ : ०१ बजे

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व– शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको

इनड्राइभले दियो ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेतालाई ईभी क्याब र ई–स्कुटर

काठमाडौं-‍ इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेताहरूलाई काठमाडौंमा आयोजित एक

‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

काठमाडौं– नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी

वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित

टक्सार– वर्षाका कारण यहाँ सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

काठमाडौं– एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट