तनहुँमा बाढी पहिरो : १३ घर भत्किए, ९६ घर जोखिममा  | Khabarhub Khabarhub

तनहुँमा बाढी पहिरो : १३ घर भत्किए, ९६ घर जोखिममा 


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- अविरल वर्षापछि आएको पहिरोका कारण तनहुँमा १०९ घर परिवारको विचल्ली भएका छन् ।

अविरल वर्षाले १३ घर पूर्णरुपले भत्किएको र ९६ घर जोखिमपूर्ण अवस्थामा रहेको हुँदा ती घरमा आश्रित परिवार विचल्ली परेका छन् ।

गत असार २८ र २९ गते र पुनः आइतबार रातिदेखि हालसम्म पनि परिरहेको वर्षाले क्षति पुगेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

जोखिममा परेकालाई स्थानीय सामुदायिक भवन र सामुदायिक विद्यालयमा स्थानान्तरण सारिएको उनले बताए ।

जिल्लाको ऋषिङ गाउँपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका, आँबुखैरेनीलगायतका क्षेत्रका मानिस बढी मात्रामा पहिरोको जोखिममा परेका छन् ।

त्यसैगरी नदी तथा खोला किनार आसपासमा बस्ने घरपरिवार पनि बाढी पहिरोको कारण विस्थापित बनेका छन् । वर्षायाममा खोला नदी किनारतर्फ नजान प्रशासनले सबैलाई आग्रह गरेको छ । प्रजिअ अधिकारीले बाढी पहिरोले घर पूर्णरुपमा क्षति भएमा रु १० हजार राहत दिने कानूनी व्यवस्था रहेको उनले बताए ।

त्यसैगरी शुक्लागण्डकी नगरपालिका–७ स्थित शान्तिनगरका आठ घर परिवार पहिरोको उच्च जोखिममा परेसँगै घरबास छाडेर अन्यत्र सारिएको छ ।

नगरपालिकाको समन्वयमा उनीहरुको तत्कालको गाँस र बासको व्यवस्था वडाले गरेको वडाध्यक्ष रामबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

पहिरोको जोखिममा रहेका आठ घरधुरीका ३६ जनालाई अहिले सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

त्यसैगरी तनहुँको भानु नगरपालिका–९ सिमलगैह्रामा आज दिउँसो घर माथिबाट आएको पहिरोले दुई घर बगाउँदा क्षति भएको छ । महेन्द्र धौरालीको घर भत्किएसँगै घरमा रहेका आमा ८० वर्षीय तिलमाया र छोरी १७ वर्षीय दीपसा बेपत्ता भएका हुन् ।

बेपत्तामध्ये छोरी दीपसालाई बाहिर निकालेर उपचारका लागि अस्पताल लैजाने तयारी गरे पनि पहिरोले भानुको तुरतुरेमा सडक अवरुद्ध भएपछि लैजान समस्या भएको वडाध्यक्ष निलन संजिव श्रेष्ठले बताए । डोजर मगाएर अवरुद्ध सडक खुलाउन पहल भइरहेको उनले जानकारी दिए ।

घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासी मिलेर खोजी बेपत्ता एक जनाको खोजी कार्य भइरहेको नायब निरीक्षक कविन्द्र गुरुङले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ९ : ४६ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले