यो वर्षको बालन डिओर अवार्ड रद्द | Khabarhub Khabarhub

यो वर्षको बालन डिओर अवार्ड रद्द


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व फुटबलको प्रतिष्ठीत ‘बालन डिओर अवार्ड २०२०’ नहुने भएको छ ।

कोरोना भाइरसको महामारीका कारण यो वर्षको अवार्ड रद्द गरिएको फ्रान्स फुटबलले जनाएको छ । सोमबार फ्रान्स फुटबलले यो वर्षको अवार्ड कोरोना महामारीकै कारण रद्द गरिएको जानकारी दिएको हो ।

सन् १९५६ देखि यो अवार्ड फ्रान्स फुटबलले हरेक वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको छ ।

यो अवार्ड सबैभन्दा धेरै अर्जेन्टिना तथा स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जितेका छन् । उनले ६ पटक बालन डिओर अवार्ड जितिसकेका छन् ।

अघिल्लो वर्ष पनि मेस्सीले नै यो अवार्ड हात पारेका थिए ।  महिलातर्फ अमेरिकी फवार्ड मेगान रापिनोले जितेकी थिइन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ९ : ५४ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश