दोलखाका ३३ घर पहिरोको उच्च जोखिममा « Khabarhub

दोलखाका ३३ घर पहिरोको उच्च जोखिममा


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखाको भिमेश्वर नगरपालिका–३ का विभिन्न टोलका ३३ घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् ।

भिमेश्वर नगरपालिका–३ तार्थली नागीधाराका १५ घर र तल्लो पुरानो बजार क्षेत्रका १८ घर गरी ३३ घरधुरी पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष हरिशरण सिवाकोटीले बताए ।

वर्षात्को समयमा बाढी पहिरोको जोखिम बढिरहेको बेला सामान्य वर्षा हुँदा पनि पहिरो गइरहने हुँदा पानी पर्दा रातभर जागै बस्नुपर्ने बाध्यता रहेको स्थानीय जलमाया थामीले बताए ।

ज्याला मजदुरी गरी जीविका चलाउँदै आएका र कम मूल्यमा घर जग्गा किनी बसेका तर भारी वर्षाका कारण दैनिक चिन्ता हुने गरेको मन्सरी थामीले बताए ।

यस क्षेत्रमा दोलखाको कालिञ्चोक र विगु गाउँपालिकाका विभिन्न क्षेत्रबाट बसाइँ सरी आएका समुदायको बसोबास रहेको छ । विसं २०७२ को भूकम्पपछि यहाँ विभिन्न क्षेत्रबाट मानिस बसाइँ सरी बसोबास गर्दै आएका छन् ।

नगर तथा वडाले पहिरो नियन्त्रणका लागि पहल तथा सहयोग गरेतापनि भिरालो जमीनका कारण बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्नुको विकल्प नरहेको वडाध्यक्ष सिवाकोटीले बताए ।

नगरपालिका तथा वडाले पहिरो नियन्त्रणका लागि तारजाली र त्रिपाल सहयोग गरेको छ । बस्ती बसेको जमिन भिरालो रहेको र तल्लो भूभाग माथिल्लो तामाकोशीको सडक रहेको र स–साना पहिरो गइरहने समस्या भएको स्थानीयवासीले बताएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १० : ०८ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको