पानीको सतह बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिए « Khabarhub

पानीको सतह बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिए


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- नारायणी नदीमा पानीको सतह बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन्।

नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजको सबै ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी तारा सिहंले बताए ।

नदीमा पानी वहावले खतराको सूचक पार गरेपछि सबै ढोका खोलिएको सिहंले बताए ।

नदीको वहाव ३ लाख क्यूसेक नाघेपछि खतरा मानिन्छ। सोमबार साँझसम्म गण्डकमा २ लाख ७० हजार क्यूसेक पानी रहेको सम्पर्क अधिकारी सिंहले बताए।

निमार्णको समयमा गण्डक ब्यारेजको क्षमता ७ लाख क्यूसेक भए पनि अहिले यसले ४ देखि ५ लाख क्यूसेक मात्र वहन गर्न सक्ने जनाइएको छ ।

यसैबीच नदीमा पानीको सतह बढेपछि स्थानीयलाई सजगता अपनाउन आग्रह गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए।

सो क्षेत्रहरूमा विपद् आइलागेमा तत्काल उद्धारमा खटाउनका लागि सुरक्षाकर्मीलाई आइ अलर्टमा राखिएको प्रजिअ पाठकले बताए।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १० : २५ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।