पहिराले पुरिएर तनहुँमा हजुरआमा र नातिनीको मृत्यु « Khabarhub

पहिराले पुरिएर तनहुँमा हजुरआमा र नातिनीको मृत्यु


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको भानु नगरपालिका–९ सिमलगैह्रामा आज पहिराले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ८० वर्षीया तिलमाया धौराली र १५ वर्षीया शिताष्मा धौराली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय मनोज धौलारीको घर पहिराले बगाउँदा दुवै जना बेपत्ता भएका थिए । बेपत्तामध्ये शिताष्माको उद्धार गरिए पनि अस्पताल लैजाने क्रममा बाटोमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

तिलमायाको भने घटनास्थलमै शव निकालिएको छ । पहिराले पुरिएर तनहुँमा एकसाताको अवधिमा १३ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।

व्यास नगरपालिकामा पाँच, ऋषिङ गाउँपालिकामा पाँच र म्याग्दे गाउँपालिकामा एक जनाको मृत्यु भएको थियो । व्यासका एक जना भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १० : ५७ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।